मकवानपुर थाहा नगरपालिका वडा नम्बर ६ का आगलागी पीडित सुकबहादुर बलामीलाई बजार व्यवस्थापन समिति बज्रवाराहीले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । समितिको सक्रियतामा स्थानीय मनकारीहरुबाट संकलन गरिएको ६२ हजार २ सय ६५ रुपैयाँ पीडित बलामीलाई हस्तान्तरण गरेको हो । रकम समितिका अध्यक्ष राजभाइ श्रेष्ठसहित स्थानीय व्यक्ति तथा समितिको पदाअधिकारीहरुको उपस्थितीमा हस्तान्तरण गरेको हो ।
बलामी राजु महर्जनको घर भाडामा लिएर पसल पर्दै आएका थिए । ८ चैत्र राती विद्युत सर्टभई महर्जनको घरमा आगलागी भएको बतायएको छ । टेलर व्यवसाय गर्दै आएका बलामीको पसलका कपडाहरु समेत जलेर नष्ट भएको थियो । शाररिरीक अशक्त रहेका पीडित बलामी परिवारलाई बज्रवाराही व्यवस्थापन समितिले गरेको सहयोग प्रशंसनीय कार्य भएको थाहा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले प्रतिक्रिया दिए ।
बलामीलाई आर्थिक सहयोगका लागि चन्दा उपलब्ध गराउने सबै दाताहरुलाई समितिले धन्यवाद दिएको छ । मानवीय सेवा सर्वोत्तम कार्य भएको ठहरसहित समितिले आगामि दिनमा पनि सहयोग र सहकार्यको अपेक्षासहित आभार व्यक्त गरेको हो । सहयोग पाएपछि सुक बहादुरले बजार व्यवस्थापनि समिति र सहयोगी सबैलाई धन्यवाद दिए ।
















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्