रौतहट जिल्लास्तरीय वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य संयोजकहरुको सहभागितामा कार्यक्रम भएको हो ।

सहकार्य समन्वय तथा कार्यक्रम संचालन र रेकर्डिङ्ग रिपोटिङमा राम्रो कार्य सम्पादन गरेकोमा राजपुर नगरपालिका जिलकै उत्कृष्ट घोषणा भएको छ । सो अवसरमा राजपुर नगरपालिकाका स्वास्थ्य संयोजक मो कह्फुल वारालाई सहित सम्मान गरिएको छ ।

कार्यक्रममा रौतहटका जिल्ला प्रमुख अधिकारी कृष्ण बहादुर शाही, जिल्ला समन्वय समितिका प्रमुख राम एकवाल राय यादव, स्वास्थ्य कार्यालय प्रमुख दिपेन्द्र कुमार राय लगायत जिल्लाका सम्पुर्ण स्थानीय तहका स्वास्थ्य प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी