लोकसेवा आयोगले परराष्ट्र सेवातर्फको उपसचिवको परीक्षा अनिश्चित समयसम्मका लागि स्थगित भएको जनाएको छ । परराष्ट्र सेवाका सात जना उपसचिवहरु कार्यसम्पादन मुल्यांकनका आधारमा उपसचिवमा बढुवा हुँदै थिए ।

लामो रस्साकस्सी पछि खुलाइएको उक्त विज्ञापनमा आफू बढुवामा नपर्ने करिब निश्चित भएसँगै चक्र सुवेदी गत कार्तिक १५ गते सर्वाेच्च अदालत पुगेका थिए ।
साता दिन पछि नै सर्वाेच्चले उनको माग अनुसार अन्तरिम आदेश दिएसँगै उपसचिव बढुवा प्रक्रिया नै भाडिन पुगेको हो । लोकसेवा आयोगका उपसचिव एकनारायण अर्यालले आज सर्वोच्चको सोही आदेशलाई टेकेर परराष्ट्र सेवाका उपसचिवको बढूवा अनिश्चित कालका लागि स्थगित भएको सूचना जारी गरेका छन् ।

पालिका प्रेस
थप जानकारी