रौतहटको चन्द्रपुर नगरपालिकाको आर्थिक वर्ष २०७९।०८० को अर्धवार्षिक आर्थिक तथा भौतिक प्रगतिको समिक्षा कार्यक्रम १५ माघमा भएको छ । नगरपालिकाका सम्पूर्ण कार्यपालिका सदस्यहरु र कर्मचारीहरुको सहभागितामा पौष मसान्तसम्मको अर्धवार्षिक समिक्षा भएको हो ।

नगरपालिकाको आन्तरिक श्रोततर्फ १९ करोड वार्षिक आम्दानी हुने अनुमान गरिएकोमा २०७९ पौष मसान्तसम्म १९ करोड ४६ लाख आन्तरिक आम्दानी भइ कुल अनुमानको १०२.४२ प्रतिशत प्रगति भएको छ । त्यसै गरि खर्चतर्फ चालु खर्च १५ करोड ६९ लाख, पुँजीगत खर्च १ अर्ब १६ करोड गरी जम्मा १ अर्ब ३२ करोड बजेट प्रस्तावित भएकोमा चालु तर्फ ५ करोड ८० लाख र पुँजीगततर्फ ५८ करोड २४ लाख खर्च भइ कुल चालु खर्च ३६.९७ प्रतिशत र पँुजिगत तर्फ ४९.८६ प्रतिशत खर्च भइ कुल बजेटको ४८.३४ प्रतिशत वितिय प्रगति भएको छ ।

चालु आर्थिक वर्षकोे अर्धवार्षिक पौष मसान्तसम्म कुल बजेटको ४९.८६ प्रतिशत खर्च हुनु र कुल बजेटको ४८.३४ प्रतिशत वितिय प्रगति हुनु अत्यन्त संतोषजनक भएको चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले बताए ।

त्यसैगरी भौतिक प्रगति तर्फ कुल योजना संख्या १ सय १५ ओटा भएकोमा ६२ वटा योजनाको सर्भे, डिजाइन र स्टिमेट भइ सम्झौता भएको हुँदा कुल योजनाको ५३.९ प्रतिशत भौतिक प्रगति भएको समेत योजना महाशाखा प्रमुख इन्जिनियर महेश बोहराले जानकारी दिए । चालु आर्थिक वर्षको अर्धवार्षिक पौष मसान्तसम्मको वितिय र भौतिक प्रगति हेर्दा चन्द्रपुर नगरपालिलकाको प्रगति संतोषजनक रहेको पालिकाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी