जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले १४ चैत्रमा बागमती गाउँपालिको अनुगमन गरेको छ । जिससको दोस्रो चौमासिक अनुगमन अन्तरगत स्थानीय तहहरुको वार्षिक योजना प्रगति, आर्थिक सामाजिक, पुर्वाधारलगायतको प्रगति, सुशासनको अवस्था, समन्वय तथा सजजिकरणलगायत क्षेत्रमा भए÷गरेका कार्यहरुको नियमित अनुगमन गर्ने क्रममा १४ चैत्रमा बागमती गाउँपालिकाको अनुगमन गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको नेतृत्वमा गएको अनुगमन टोलीले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृतलगायतसंग हालसम्मको समग्र प्रगतिको अवस्थाका विषयमा जानकारी लिनुका साथै आयोजनाको स्थलगत अनुगकन गर्नु भएको थियो ।

अनुगमन टोलीलाई गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष फनिन्द्र कुमार तिमल्सिना, प्रमुख प्रशासकिय अधिकृत झम्कनारायण घलानले गाउँपालिकाले हालसम्म गरेका कामहरुको बारेमा जानकारी गराएका थिए ।

त्यस्तै जिल्ला शिक्षा समितिका अध्यक्ष समेत रहनु भएका जिसस प्रमुख घलानसहित अनुगमन टोलीले बागमती गाउँपालिका–१ माझगाउँ स्थित सूर्य माविमा सञ्चालित वार्षिक परीक्षाको समेत अनुगमन गरेका थिए । अनुगमन टोलीमा जिसस सदस्यहरु विष्णुमाया थपलिया, तारा ढुंगाना, समन्वय अधिकारी बासुदेव खतिवडा, नायबसुब्बा उपेन्द्रनाथ पोखरेललगायतको सहभागिता थियो ।

पालिका प्रेस
थप जानकारी