थाहानगरको विकास घरमा किशोरी समुहको लागि चार दिने प्रजनन स्वास्थ्य, महिनावारी, लैङ्गिक हिंसा तथा पोषण सम्बन्धी शुरु भएको छ । थाहा नगरपालिकाको महिला, बालबालिका, अपाङ्ग तथा जेष्ठ नागरिक शाखाको आयोजनामा तालिम भएको हो ।

किशोरीलाई यस किसिमको तालिमले बालविवाहलाई न्यूनीकरण, यौन तथा प्रजनन स्वास्थ्यलगायतका क्षेत्रमा जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको महिला तथा बालबालिका शाखा प्रमुख प्रतिमा मोक्तानले बताइन् । थाहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष अध्यक्ष हिरेन्द्र रायमाझीले तालिमले प्रत्यक्ष रूपमा शिक्षा दिदै जीवनोपयोगी सीप प्रदान गरी समूहमा आवद्द गराई विभिन्न गतिविधिमा संलग्न गराएको खण्डमा पनि व्यवहारिक ज्ञान प्राप्त गरी जीवनको बाटो पहिल्याउन सक्ने बताए ।

थाहा नगरपालिका सामाजिक बिकास संयोजक दिनेश बलको प्रमुख आतिथ्यतामा शुरु गरिएको तालिम उद्घाटन कार्यक्रममा सामाजिक विकास सदस्य पवित्रा सिंह ठकुरी, कार्यपालिका सदस्य जनक बिक, चन्द्रमाया थिङ, लालीगुराँस महिला बहुउद्देश्यीय सहकारीकी अध्यक्ष रिता प्रधान, नानिछोरी प्रधान, रेनुका प्रधान पत्रकार शम्भु अधिकारीको उपस्थिति रहेको थियो ।

नगरका ३० जना किशोरीहरुको सहभागिता रहेको तालिममा प्रजनन स्वास्थ्य र महिनावारी तथा पोषण विषयमा प्राथमिक स्वास्थ्य केन्द्र पालुङका प्रमुख डाक्टर शक्ति चौरासिया र स्वास्थ्यकर्मी चन्द्रदिप भुजेलले सहजीकरण गरिरहेका छन् ।

पालिका प्रेस
थप जानकारी