मकवानपुर थाहा नगरपालिकामा शंकास्पद रुपमा भेटिएका दुई मोटरसाइकल सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । थाहा नगरपालिकाको शिखरकोटबाट बज्रवाराही तर्फजादै गरेको प्र ३–०२–०१५ प ३८५६ नं. को २२० सिसि पल्सर मोटरसाइकल र बागमती प्रदेश ०२–०३८ प ५५९३ नं. को २०० सिसिको एनएस मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो ।

मोटरसाइलमा सवार गरिरहेका मनहरी गाउँपालिका वडा नम्बर २ बस्ने बर्ष २० को शरण स्याङबो र मकवानपुरकै कैलाश गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष २६ को विबेक मुक्तानलाई प्रहरीले बज्रवाराहीबाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका दुवैजनासंग सवारीसाधनहरुको कागजपत्र नभएकोलगायतका शंकास्पद भएकोले थप अनुशन्धानको लागि जिल्ला अदालतमा पठाइएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ।

पालिका प्रेस
थप जानकारी