चित्लाङ थानकोट सडक । फाइल फोटोः गणेश विष्ट/पालिका प्रेस

गणेशमान सिंह मार्ग (चित्लाङ– थानकोट सडक) कालोपत्रे गरिने भएको छ । चित्लाङ थानकोट सडक अन्तर्गत मकवानपुरतर्फ थाहा नगरपालिका वडा नंम्बर ९ को याकाखुसीदेखि ठुलोचौरसम्मको क्षेत्र कालोपत्रेको तयारी भएको बताइएको छ ।

सडक कालोपत्रेका लागि सो सडक खण्डमा २५ जेठबाट एक साताका लागि सवारी साधनको आवागमन बन्द गरिने थाहा नगरपालिका वडा नंम्बर ९ को कार्यालयले जनाएको छ।

सो सडकमा अति आवश्यक सवारी साधन भने सञ्चालन हुने वडा कार्यालयले जनाएको छ । अहिले पछिल्लो समय उक्त सडक हुँदै हेटौंडा र काठमाण्डौं पुग्ने प्रमुख वैकल्पिक मार्गका रूपमा रहेको छ। सडकको काठमाडौं तर्फको खण्ड भने सुधारको कार्य जारी रहेको छ ।

पालिका प्रेस
थप जानकारी