मकवानपुरगढी गाउँपलिका वडा नम्बर ६ भित्र रहेका सबै टोल विकास संस्थालाई विभिन्न सामग्रीहरू सहयोग गरिएको छ । १९ असारमा एक कार्यक्रमका बीच मकवानपुरगढी गाउँपलिकाका उपाध्यक्ष मान कुमारी पाख्रिन नेपाली र वडा नम्बर ६ का वडा अध्यक्ष कृष्ण बजगाईले टोल विकास संस्थाका अध्यक्ष नकुल चौलागाईलाई संयुक्त रूपमा सामग्री वितरण गरेका हुन् ।
टोल विकास संस्थाहरुको सस्थांगत सुदृढीकरण गराउने, सामाजिक सेवामा जानउत्तरदायी बनाउने र अझ निखारता ल्याउने र आफ्नो वडामा भएका हरेक खाले समयास्याहरु टोल विकास मार्फत छलफलको बिषय बन्दै निकासा निकाल्न सहयोग पुग्ने वडा अध्यक्ष कृष्ण बजगाईले बताए । चालु आर्थिक वर्ष २०७९/८० कि विनियोजित ५ लाख बजेबाट ७ वटा टोल विकास संस्थालाई आवाश्यकताको आधारमा टेबल कुर्सि फोटो कपि मेसिन प्रिन्टर लगाएतका सामाग्रीहरू सहयोग गरिएको अध्यक्ष बजगाइले बताए ।
सामग्री वितरण कार्यक्रममा बोल्दै गाउँपलिका उपाध्यक्ष मान कुमारी पाख्रिन नेपालीले अब टोल विकास संस्थाहरु पनि जागरुक हुनुपर्ने बताउदै वडा नम्बर ६ भित्र रहेका सबै टोल विकास संस्थाहरुलाई आफ्नो काम कर्तब्य, अधिकार र जिम्मेवारीलाई पालना गर्न निर्देशन दिइन् । कार्यक्रमा नवदुर्गा टोल विकाश सस्थाको आयोजना तथा मकवानपुर गढी ६ को सहकार्यमा सम्पन्न भएको थियो ।
नवदुर्गा टोल विकास संस्थाका अध्यक्ष नकुल चौलागाईको सभाध्यक्षतामा भएको कार्यक्रमामा मकवानपुर गढी गाउँपलिकाको उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडाका जनप्रतिनीधिहरु, टोल विकास संस्थाका पदाअधिकारीहरुलगायतकाको उपस्थिती रहेको थियो ।
















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्