हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका साक्षर नगरपालिका घोषणा भएको छ । शुक्रबार भव्य कार्यक्रमबीच साक्षर नगरपालिका घोषणा गरिएको हो ।
नगरक्षेत्रभित्रका १५ देखि ५९ वर्ष उमेर समूहका ९५.१३ प्रतिशत जनसङ्ख्या साक्षर भएसँगै नगरपालिकालाई साक्षर घोषणा गरिएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।
त्यसैगरी, कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायले विद्यालयमा पढाउनु मात्र शिक्षा नभई शिक्षकले व्यावहारिक ज्ञान पनि दिनुपर्ने बताए ।


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्