मकवानपुरको थाहा नगरपालिकाले जग्गा वर्गीकरण गरी पालिकामा पठाउन वडा कार्यालयहरुलाई परिपत्र गरेको छ । थाहानगर कार्यपालिकाको ८ साउनमा भएको बैठकको निर्णय अनुसार वडाहरुलाई परिपत्र गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले जानकारी दिए ।
भूउपयोग ऐन, २०७६ र नियमावली, २०७९ ले तोकेको मापदण्ड बमोजिम हाललाई कृषि क्षेत्र र आवासिय क्षेत्र निर्धारण गरी साउन मसान्तभित्र नगरपालिकामा पठाउन १२ वटै वडा कार्यालयलाई नगरपालिकाले १० साउनमा परिपत्र गरिएको हो ।
भूउपयोग क्षेत्र वर्गीकरणका लागि आ–आफ्नो क्षेत्रमा कृषि र आवासिय क्षेत्र निर्धारण गरी पठाउन परिपत्र गरेको थाहा नगरपालिकाले वडा कार्यालयको सिफारिसको आधारमा जग्गा वर्गीकरण गर्ने जनाएको छ ।


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्