थानकोटबाट चित्लाङ जाँदै गरेको भ्यान दुर्घटनामा २ जनाको ज्यान गएको पुष्टी भएको छ ।
प्रहरीका अनुसार बा १० च ३५४६ नम्बरको भ्यान दुर्घटना हुँदा भ्यानका चालक सिन्धुली घर भएका २० वर्षीय नवराज थोकर तामाङ भ्यानमा सवार ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको हो ।
भ्यानमा कपडा बेच्ने समुहका सदस्यहरू सवार रहेको खुलेको छ । १२ साउन मध्यान्ह थानकोट–चित्लाङ सडकअन्तर्गत सेतो पहरा नजिकबाट भ्यान भीरबाट खस्दा मानवीय क्षति समेत भएको प्रत्यक्षदर्शीले बताएका छन् । भ्यान भीरबाट खसेर सडकमा नै आइपुगेको छ।
गाडीमा पाँच जना सवार रहेको बताइएको छ । विस्तृत विवरण अाउन बाँकी छ ।


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्