थाहा नगरपालिको प्रख्यात ‘पालुङ–आग्रा’ पैदलमार्गमा १३ साउनमा भव्यताकासाथ पदयात्रा गरिने भएको छ । हेटौंडा तथा काठमाण्डौबाट आउने पदयात्रीहरुका लागि स्वागतसहित यात्रामा सहभागी गराइने भएको छ । यसका लागि सबै तयारी सकिएको छ ।
पदयात्रामा हेटौडाबाट १ सय जना काठमाडौंबाट ३५ जान सहित स्थानीय पनि सहभागी भएका छन् । थाहा नगरको शिखकरोटबाट शुरु हुने पदयात्रा नगरका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन गर्दै आग्राको डाँडाबाससम्म हुनेछ । पदयात्रीहरुलाई थाहानगरको विकास घरमा स्वागत गर्ने कार्यक्रम छ । उनीहरुले थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको शालिक परिसर, गोरखनाथ, त्रिवेणी शंखमुल, पाण्डुकेश्वर, डाँडाघरे बा को होमस्टे, पाथिभरा, पालुङगढी हुँदै आग्राको उनीउ चौरसम्म पदयात्रा गर्नेछन् ।
थाहा नगरको पर्यटन प्रवद्र्धनमा पदयात्रा प्रभावकारी हुने र काठमाडौ र हेटौंडाबाट पनि पदयात्रीहरुले निकै चासो दिएको प्रवद्र्धक गणेश विष्टले जानकारी दिए ।


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्