सुरक्षित आप्रवासी हकहित सञ्जाल थाहानगर समितिको संयोजकमा सुमन रायमाझी निर्विरोध चयन भएका छन् ।
१४ साउनमा थाहानगरको विकासघरमा भएको भेलाले रायमाझीको संयोजकत्वमा ११ सदस्यीय नगर समिति चयन गरि संस्थाको पुर्नगठन भएको हो । राधेश्याम रायमाझीका अनुसार सञ्जालको उपसंयोजकमा रामचन्द्र खत्री, सचिव सुजन तमाङ, कोषाध्यक्ष श्रमिता महर्जन चुनिएका छन् ।
समितिको सदस्यहरुमा राधे रायमाझी, कमल सुनार, रुपचन्द्र गोपाली, रमेश कार्की, बलराम बर्तौला, मनोहर कार्की र इमानसिंह थिङ छन् । यस अघि सञ्जालको संयोजकमा यादवजंग रायमाझी थिए ।


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्