यस वर्ष सचिवदेखि कार्यालय सहयोगीसम्मका २ हजार २५३ जना कर्मचारी अनिवार्य अवकाशमा घर जाँदैछन् । राष्ट्रिय किताबखाना अनुसार १८ जना सचिव र ६४ जना सहसचिवसमेत गरी ठूलो संख्यामा कर्मचारी अवकाश हुन लागेका हुन् ।

विशिष्ट श्रेणीबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव धनराज ज्ञवालीले केही दिनअघि उमेर हदका कारण अनिवार्य अवकाश पाइसकेका छन् भने अबको केही दिनमा महालेखापरीक्षकको कार्यालयका उप–महालेखापरीक्षक राममाया कुँवरले विशिष्ट श्रेणीको पाँच वर्षे कार्यकाल पूरा गरेर अनिवार्य अवकाश पाउँदै छिन् । भदौ पहिलो साता कर्णाली प्रदेशका प्रमुख सचिव डा. गोपीकृष्ण खनाल एक वर्षे सचिवको कार्यकाल पूरा गरी जाँदै छन् ।

असोज ११ गते सहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, असोज २१ गते प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डे, कात्तिक ११ गते सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा। दामोदर रेग्मी, मंसिर २० गते परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल र पुस ९ गते ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे पनि अनिवार्य अवकाशमा जानेछन् ।

माघ १२ गते महालेखा परीक्षकको कार्यालयका उप–महालेखा परीक्षक महेश्वर काफ्ले, माघ २९ गते सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, फागुन ६ गते निर्वाचन आयोगका सचिव सूर्यप्रसाद गौतम, फागुन २६ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाईँ चैत १२ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी अनिवार्य अवकाशमा जाँदैछन् ।

वैशाख १७ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी, सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थी र महान्यायाधिवक्ताको कार्यालयका नायव महान्यायाधिवक्ता विश्वराज कोइराला, वैशाख २८ गते वन तथा वातावरण मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेल, असार १३ गते जल तथा ऊर्जा आयोगका सचिव शुशीलचन्द्र तिवारी जागिरबाट बिदा हुँदै छन् ।

उमेरहदका कारण यसै आर्थिक वर्षमा ठूलो संख्याका सहसचिव पनि अनिवार्य अवकाश पाउँदै छन् । ६४ जना सहसचिवहरूमा राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्यांकविद् नेविनलाल श्रेष्ठ, नापी विभागका उप–महानिर्देशक सुशील नरसिंह राजभण्डारी, जलस्रोत तथा सिँचाइ विभागका उप–महानिर्देशक रुक्मागत खनाल, विद्युत् विकास विभागका उप(महानिर्देशक सञ्जय ढुङ्गेल, सडक विभागका उप–महानिर्देशक नरेशमान शाक्य, आन्तरिक राजस्व विभागका उप–महानिर्देशक गोविन्दप्रसाद सुवेदी, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका उप–महानिर्देशक नन्दलाल राय, महालेखा परीक्षकको कार्यालयका नायव महालेखा परीक्षक नारायणप्रसाद पराजुली र पद्मप्रसाद आचार्य छन् ।

हेर्नुहोस नामावली:

powered by Advanced iFrame

पालिका प्रेस
थप जानकारी