थाहा नगरपालिकाले आर्थिक वर्ष २०७९/०८०मा संचालन गरेको विकास योजना तथा सेवा प्रवाहको विषयमा वार्षिक समिक्षा कार्यक्रम गरेको छ । थाहा नगरपालिकाले २५ श्रावणमा पालुङ जेसिजको सभाहलमा वार्षिक समिक्षा कार्यक्रमको आयोजना भएको हो । समिक्षामा पालिकाले आर्थिक वर्ष २०८९/०८० मा ७९.२८ वित्तिय प्रगती भएको आर्थिक प्रशासन शाखा प्रमुख हरि बहादुर खपाङ्गी मगरले जानकारी दिए ।

थाहानगर प्रमुख विष्णु विष्टको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली तथा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी , वडा अध्यक्षहरु,कार्यपालिका सदस्य  तथा महाशाखा र शाखा प्रमुखहरु तथा पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नगरपालिकाको वित्तिय प्रतिवेदन लेखा अधिकृत हरि बहादुर खपाङ्गी मगर, योजना सम्बन्धी योजना महाशाखा प्रमुख डम्बर बहादुर विश्वकर्मा, सामाजिक विकासको अनिल लामिछाने, कृषि सम्बन्धी शाखा प्रमुख संजय तिवारी, पशु शाखाको मनिषा कटुवानी मगर , शिक्षा शाखाको माधव विक्रम मल्ल,सूचना तथा पर्यटनको सुरज कुमार भुजेल,रोजगार संयोजक कुमार नेगी,सामाजिक सुरक्षा शाखाको रुपक कार्की,स्वास्थ्य शाखाका मेघराज बलामीले प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा अन्य शाखाहरुको पनि शाखा प्रमुख र सबै १२ वटै वडाको वडा सचिवहरुले वार्षिक कार्यक्रम र सेवा प्रवाहको विषयमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा नगर प्रमुख तथा उपप्रमुखले  शुभकामना व्यक्त गरेका थिए ।

समिक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले सबै शाखा र विषयगत शाखा र वडा कार्यालयहरुको प्रस्तुतीकरणका लागि धन्यवाद दिए । गिरीले अब त्रैमासिक समिक्षा समेत गरिने बताए । उनले समिक्षा कार्यक्रमले कतिपय सुधार गर्नुपर्ने पक्षलाई पनि औलयाउने भयकोले यसले पालिका र वडाको काममा थप उर्जा दिने बताए । नगर प्रमुख विष्णु विष्टले समिक्षा पश्चात् पालिकाको विकासको अवस्था थाहा पाइने हुँदा उपलब्धीलाई संस्थागत गर्दै थप उपलब्धीका लागि योजना मद्दत गर्ने बताए ।

हेर्नुहोस् थाहा नगरपालिकाको समिक्षात्मक आर्थिक प्रतिवेदनः