मकवानपुरको मनहरी गाउँपालिकाले नगर प्रहरीको भर्ना खुलाएको छ । प्रहरी निरीक्षक, हवल्दार र जवान गरी ३ महिलासहित १० जनाको लागि भर्ना खुलाएको हो । गाउँपालिकाले २६ साउनमा १ प्रहरी निरीक्षक, २ हवल्दार र ७ जना जवान पदको लागि विज्ञापन गरेको छ ।

मनहरी गाउँपालिकाले यसअघि नै कार्यपालिका बैठकले नगर प्रहरी व्यवस्थापन सम्बन्धी कार्यविधि पारीत गरिसकेको छ । १६ साउनमा बसेको कार्यपालिका बैठकले उक्त कार्यविधि पारीत गरेको प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले बताए । गाउँपालिकाको नीति नियमलाई निशर्त पालना गराउन नगर प्रहरीको आवश्यकता रहेकोले नगर प्रहरी व्यवस्थापन सम्बन्धी कार्यविधि पारित गरिएको बताए ।

गाउँपालिकाले गुट्खाजन्य पदार्थ बिक्री वितरणमा गत श्रावण १५ गतेदेखि नै रोक लगाइएको र त्यसो गरीएमा सामाग्री जफत गरिने तयारी भएको तर उक्त कार्य अन्य कर्मचारीले गर्न नसक्ने तर नगर प्रहरीले गर्न सक्ने भन्दै नगरी प्रहरीको आवश्यकता महसुस भएको उनले बताए । यस्तै क्रियाकलापहरुमा नगरप्रहरीलाई परिचालन गरिने उनले बताए ।

हेर्नुहोस विज्ञापनः