मकवानपुर थाहा नगरपालिकाले सेवाग्राहीलाई सहज सुविधा प्रदान गर्न घरबाटै ब्यक्तिगत घटना दर्ताको फारम भर्ने भएको छ । वडा कार्यालय पुगेर लाइनमा बसी घटना दर्ता गरिने प्रक्रिया झन्झटिलो भएकाले सहज सुविधाका लागि अनलाइन मार्फत् यो सेवा बिस्तार गरिएको हो

अबदेखि जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाइँ सराई र सम्बन्ध बिच्छेद जस्ता ब्यक्तिगत घटना दर्ताका लागि घरबाटै अनलाइनमार्फत प्रक्रिया पूरा गरी फारम भर्ने र ३५ दिनभित्र सम्बन्धीत वडा कार्यालयमा टोकन नम्बर लिएर सम्पर्क गरी स्थानीय पञ्जिकाधिकारीबाट प्रमाणपत्र लिन सकिने पालिकाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी