संविधानलाई आम नगरिकले रक्षा गर्दै यसको अर्थपूर्ण कार्यान्वयनबाट मात्र मुलुकलाई समृद्धिको दिशामा पुराउन मद्दत गर्ने झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताएका छन् । संविधन दिवसको अवसरमा गाउँपालिकामा भएको एक कार्यक्रम अध्यक्ष एमसीले संविधानप्रतिको आम नगरिकनले अनुभुती गर्नेगरी सबैले अपनत्व लिने गरी देशलाई समृद्ध गणतन्त्रलाई संस्थागत गर्दै थप नयाँ उचाइमा पुराउने विश्वास व्यक्त गरेका हुन । अध्यक्ष एमसीले संविधानको सफल कार्यान्वयनले मात्र देशलाई गति दिने बताएका छन् ।

मुलुकमा राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम गर्दै देश र जनताको आकांक्षा परिपूर्ति गर्ने दिशामा आफू निरन्तर जनताको पक्षमा रहेको धारणा राखे । पछिल्लो समय प्रविधिको अधिकतम उपयोग गर्दै नागरिकलाई राज्यबाट दिनुपर्ने सेवालाई सरल सुलभ र जनमैत्री बनाउन स्थानीय सरकार प्रयत्नशील रहेको उनको भनाइ रहेको छ । कतिपय संघ प्रदेश र स्थानीय तहबिछ कानुनी जटिलता छन् । उनले भने,”सबै जटिलता र अफ्ट्यारोलाई अन्त्य गर्दै जनताको नजिकको सरकारको रुपमा स्थानीय सरकारलाई स्थापित गर्ने दायित्व रहेको बताए। संविधानले दिएको अधिकारलाई स्थापित गर्दै जनताले अनुभुती गर्नेगरी काम गर्ने बताए ।

शिक्षा, स्वास्थ्य रोजगार जस्ता आधारभूत सेवामा सबै गाउँबासीको घर आगनमा सहज पहुँच होस् भन्ने विषयमा स्थानीय सरकार सचेत र सजग रहेको बताए । संविधान सभाबाट नयाँ संविधान जारी भएको ८ वर्ष पूरा भएको छ । सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाउदै आएको छ ।

आज देश लगाए जिल्लामा पनि विविध कार्यक्रमको आयोजना गरि संविधानको सफल कार्यान्वयनमा जोड दिएको छ । झिमरुक गाउँपालिका मच्छि प्युठानमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पवन कुमार शाही बिषयगत शाखाका प्रमुख कर्मचारी लगाएको उपस्थित रहेको थियो ।



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्