राष्ट्रिय फोटोपत्रकार समूह र एजिङ नेपालको आयोजनामा यहि १३ असोजमा काठमाडौंको बसन्तपुरमा ज्येष्ठ नागरिकको तस्वीर प्रदर्शनी गरिने भएको छ । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा हिमाल पहाड र तराईका जेष्ठ नागरिकको तस्वीरहरु प्रदर्शनी गरिने कार्यक्रम संयोजक गणेश बिष्टले बताए ।

कार्यक्रममा सक्रिय जेष्ठ नागरिकको तस्वीरहरू प्रदर्शनीमा राखिने छ । जेष्ठ नागरिकको दैनिकी, जेष्ठ नागरिकको मिहिनेत, सफलता, पारिवारिक खुशी, संघर्ष तथा सफलता झल्कने तस्वीर प्रदर्शनी गरिने छ । प्रदर्शनीमा राखिने तस्वीरहरु्रले नयाँ पुस्तामा उत्साह तथा उमंग जगाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । साथै, जेष्ठ नागरिकहरुमा नैरास्यता तथा दुःखीपन हटउन मद्दत गर्ने संयोजक विष्टले बताए ।

एजिङ नेपाल जेष्ठ नागरिकको हक अधिकार तथा न्यायको निम्ति काम गर्ने संस्था हो भने राष्ट्रिय फोटो पत्रकार समुहमा देशभरका फोटो पत्रकारहरुको साझा संस्था हो । राष्ट्रिय फोटो पत्रकार समुहले यस अघि विभिन्न स्थानहरुमा बालबालिकाको फोटो तथा पर्यटन प्रवद्र्धनात्मक फोटोहरु प्रदर्शनी गर्दै आएको छ ।

पालिका प्रेस
थप जानकारी