नेकपा (एमाले)को संसदिय दलका सचेतक महेश वर्तौला सहित संसदको शिक्षा समितीमा (एमाले) तर्फबाट साँसदहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईलाई आन्दोलनरत शिक्षकहरु संग तत्काल वार्ता गरेर समाधान निकाल्न र वन्द भएका विद्यालयहरु खुलाउने वातावरण वनाउन आग्रह गरेका छन् ।

साथै शिक्षकहरुले गरिरहेको शान्तीवपुर्ण आन्दोलन माथि प्रहरी द्धारा भईरहेको धरपकड, अवरोध र हस्तक्षप प्रति एमालेको तर्फबाट चिन्ता व्यक्त गर्दै त्यस्तो व्यवहार नगर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ । छलफलका क्रममा एमाले सचेतक वर्तौलाले शिक्षण पेशा असाध्यै सम्मानीत र मर्यादित पेशा भएकोले यसै बमोजिम शिक्षक महासंघले उठाएका माग पुरा गर्न सरकार गम्भीर हुनुपर्ने वताए । शिक्षा मन्त्री राईले छलफलका क्रममा बताएः क्रममा “तपाईहरुको सुझावलाई समेत ध्यान दिँदै अविलम्व विद्यालय खोल्ने वातावरण वनाउनेछु ।”

पालिका प्रेस
थप जानकारी