मकवानपुर जिल्ला सदरमुकामबाट टाढा रहेको इन्द्रसरोवरमा हुन सक्ने विपद् जोखिम सम्बन्धी उद्धार तथा शान्ति सुरक्षाका लागि सशस्त्र प्रहरी बल, नेपालको विपद् व्यवस्थापन सुरक्षा वेश स्थापनाका लागि एमाले सचेतक महेश बर्तौलाले तदारुकता देखाएका छन् ।
बुधबार बर्तौलाले इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष देवकृष्ण पुडासैनी सहित उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेतलाई भेटेर वेश स्थापनाका लागि जग्गा तथा भवन उपलब्ध गराउन अनुरोध गरेका हुन् । इन्द्रसरोवर गाउँपालिका अध्यक्ष पुडासैनीका अनुसार राजमार्गमा हुन सक्ने विपद्का घटनाहरूमा उद्धार कार्य गर्न तथा वर्षेनी इन्द्रसरोवर तालमा डुबेका मानीसहरुको खोज उद्धार गर्नका लागि सशस्त्र प्रहरी बल, नेपालको विपद् व्यवस्थापन सुरक्षा वेश स्थापना गर्न लागिएको हो ।
उनका अनुसार उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेतलाई भेटेर इन्द्रसरोवर गाउँपालिकाको वडा नंम्बर २ स्थित विधुत प्राधिकरणको स्वामित्वमा रहेको तथा प्रयोग नआएको २ वटा भवन सुरक्षा वेश स्थापनाका लागि माग गरिएको हो । इन्द्रसरोवर गाउँपालिकाको हेबीबाट हेबी काठमाडौं, हेबी हेटौंडा, हेबी फाखेल दक्षिणकाली काठमाडौं, हेबी चखेल काठमाडौं, हेबी चित्लाङ चन्द्रागिरी काठमाण्डौ, हेबी थाहा नगरपालिका लगायतका राजमार्गहरू रहेको छन् । यि सडक दुर्घटनाको जोखिम उच्च रहेको छ ।



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्