स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले ३० कार्य दिनको सेवाकालीन प्रशिक्षणका लागि छनौंट भएका कर्मचारीहरुको नामावली सार्वजनिक गरेको छ ।

प्रतिष्ठानले १५ भदौंमा एक सूचना जारी गर्दै ३० कार्य दिनको सेवाकालीन प्रशिक्षणमा भाग लिन चाहने अधिकृत तहका कर्मचारीहरुसँग आवेदन माग गरेको छ । छैटौंदेखि आठौं तहसम्मका कर्मचारीहरुका लागि दिन लागिएको तालिम चार चरणमा विभाजन गरेर प्रशिक्षण सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार पहिलो समूहमा २९,दोश्रो समूहमा ३३ र चौथौं समूहमा २९ गरी कूल १२० जनालाई सेवाकालीन प्रशिक्षण दिन लागिएको हो । ३० दिने सेवाकालीन प्रशिक्षणका लागि छनौंट भएकामध्ये पहिलो र दोश्रो समूहको असोज ९ गते बिहानबाट,तेश्रो र चौथौं समूहको कार्तिक १० गतेबाट प्रशिक्षण सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ ।

       

पालिका प्रेस
थप जानकारी