निजामती बनाएर संघीय कर्मचारी सरह बनाउन पर्ने माग गर्दै राज्यका नीति निर्माण गर्ने तहसम्म पुग्नको निम्ति स्थानिय तह कर्मचारी हकहित मञ्च पाँचथर गठन गरिएको छ । जिल्लाको स्थानिय तहमा कार्यरत कर्मचारीहरुको आईतबार जुम वैठकमा भएको उपस्थितिले छविलाल ढकाल सर्वसम्मत अध्यक्ष पदमा चयन हुनुभएको हो ।

स्थानिय तह कर्मचारी हकहित मन्च,केन्द्रिय संयोजक बेदराज अधिकारीको प्रमुख आथित्यता , मञ्चका प्रदेश न १ का संयोजक सन्जु दहालको अध्यक्षतामा समिती गठन गरिएको हो । १३ सदस्य समितीको उपाध्यक्षमा कृष्ण रिमाल,सचिव सरस्वती शिवाकोटी,कोषाध्यक्ष विश्वास निरौला,सहसचिव गोपी नेपाली,सदस्यहरु निर्मला दाहाल,निर्मल अधिकारी,दिपेन्द्र चेम्जोङ,विरेन्द्र बानियाँ,भेषराज थापा,खेम थापा,ज्ञान बहादुर अधिकारी लगायत रहनुभएको छ ।

अध्यक्ष ढकालले भन्नुभयो,“कर्मचारी जुन स्थानिय तहमा काम गरे पनि कर्मचारी राज्य सन्चालनको रक्तसन्चार हो,अहोरात्र सेवामा तल्लिन हुन तयार हामी स्थानिय सेवामा कार्यरत कर्मचारीहरु सेवासहित हाम्रा मुद्धाका लागि सधै गोलबद्ध छौ ।”

पालिका प्रेस
थप जानकारी