१४ जना उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अवधि पुगेका, माग गरेका तथा सहमतिका आधार ती उपसचिवहरूको सरुवा गरेको हो ।
प्राप्त विवरण अनुशार बुंगल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य चापागाईँलाई मकवानपुर, कमल कार्की इश्वरपुर नगरपालिका सर्लाहीबाट हरिपुर नगरपालिका सर्लाहीको प्रमुख प्रशासकीय अधिकृत, घोडाघोडी नगरपालिका कैलालीका दीपक आचार्य मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम र ऋषि सिटौला विदुर नगरपालिकाबाट बरहथवा नगरपालिका सर्लाहीको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएको छ ।
यसैगरी लिलाराज पौडेल लुम्बिनी प्रदेशबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नवराज पौडेल राष्ट्रिय योजना आयोगबाट मुख्यमन्त्री कार्यालय गण्डकी प्रदेश, मुकेश रेग्मी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट भौतिक पूर्वाधार मन्त्रालय, सन्तोष दाहाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तबाट राष्ट्रिय सूचना आयोग, लक्ष्मी प्रसाद रेग्मी प्राकृतिक श्रोत तथा वित्त आयोगबाट गृह मन्त्रालय र वासुदेव रेग्मी वन मन्त्रालयबाट वित्त आयोगमा सरुवा भएका छन् ।
त्यस्तै पुष्कर खड्का गृह मन्त्रालय वा अन्तरगतबाट प्रदेश प्रमुखको कार्यालय सुदूर पश्चिम प्रदेश, गीता घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, टिकाराम ढकाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, दीपक आचार्य संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(घोडाघोडीमा कामकाज)बाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिममा सरुवा भएको छ ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्