थाहा नगरपालिकाका नगर प्रहरीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइएको छ । १८ असोजमा १० दिने तालिमको समापन गर्दै १० जना नगर प्रहरीलाई नगरपालिकाका नगर प्रमुख विष्णुबहादुर विष्टले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । कार्यक्रममा नगर प्रमुख बिष्णु बहादुर बिष्टले जुनसुकै काम गर्दा व्यक्ति नभइ विधिमा आधारित भएर काम गर्न नगर प्रहरीलाई निर्देशन दिए । नगर प्रमुख बिष्टले नगरप्रहरीलाई अनुशासनमा रही काम कर्तव्य निर्वाह गर्न आग्रह गर्दै स्थानीय सरकारको काम, कारवाहीलाई प्रभावकारी बनाउन नगर प्रहरीको भूमिका महतवपूर्ण हुने विश्वास गरे ।

नगर प्रहरीहरुलाई नगर उपप्रमुख भरत गोपालीले प्रमाणपत्र प्रदान गरेका थिए । त्यसअघि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले दज्र्यानी चिन्ह प्रदान गरेका थिए । तालिममा सहभागी १० जना सबै उत्तीर्ण भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्याम थापा मगरले जानकारी दिए । तालिममा प्रहरी जवान रमेश थिङलाई उत्कृष्ट घोषणा गर्दै पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । थाहा नगरपालिकाले भर्ना गरेका नगर प्रहरीलाई ईलाका प्रहरी कार्यालय पालुङले दश दिने आधारभूत तालिम प्रदान गरेको हो । नगर प्रहरीको कार्य सम्पादनलाई प्रभावकारी बनाउन थाहा नगरपालिकाले ईलाका प्रहरी कार्यालय पालुङसंगको समन्वयमा आधारभुत तालिम सञ्चालन गरेको हो ।

उनीहरूलाई बजार व्यवस्थापन, अग्नी नियन्त्रण, सरसफाई तथा फोहर व्यवस्थापनका बारेमा पनि तालिम दिइएको छ । नगर प्रहरीलाई घाइते उद्धार, बजार अनुगमन तथा व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन र सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रणलगायतका विषयमा पनि तालिम दिइएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक श्याम थापा मगरले बताए ।

नगर प्रहरी सहायक निरीक्षक किरण गिरी, हवल्दार संग्राम खत्री र मनोज केसी तथा जवानहरु रामशरण गोपाली, तिर्थराम विष्ट, सुरज विष्ट, सविन विष्ट, कमल कार्की, रमेश थिङ र श्रमिक लामा रहेका छन् । थाहा नगरपालिकाले पहिलोपटक नगर प्रहरीको व्यवस्था गरेको हो । जिल्लामा नगर प्रहरीको व्यवस्था गर्ने थाहा नगरपालिका दोस्रो स्थानीय तह हो । पछिल्लो समय जिल्लाका अन्य स्थानीय तहहरुले पनि नगर प्रहरी भर्ना प्रत्रmिया शुरु गरेका छन् ।

नगर प्रहरीलाई शारीरिक व्यायाम, खेलकुद, कवाज, खालीहात लडाइँलगायतका बाह्य गतिविधिमा समेत संग्लन गराई पेशागत, सैद्धान्तिक तथा व्यवहारिक तालिम दिइएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । नगर प्रहरीमा एक सहायक प्रहरी निरीक्षक, दुई हवल्दार र सात जवान रहेका छन ।



















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्