सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री गर्न कानुनले निषेध गरेता पनि हेटौंडा उपमहानगरपालिका क्षेत्रमा खुला यसको बिक्री वितरण भइरहेको छ । हेटौंडा उपमहानगरपालिकाको प्रशासनिक कार्यालय, वडा कार्यालय, शिक्षण संस्था, अस्पताललगायतका सार्वजनिकस्थलबाट एक सय मिटरभित्र चुरोट, बिँडी, खैनी र गुट्खाको खुला बिक्री वितरण भइरहेको छ।

उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रहरी सहितको सहभागितमा पटक–पटक बजार अनुगमन गरेपनि यसको कार्यान्वयन भने हुन सकेको छैन । हेटौंडाका सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थको बिक्री वितरण भइरहेको छ । हेटौंडाका प्रशासनिक कार्यालय, वडा कार्यालय, शिक्षण संस्था, अस्पताललगायतका सार्वजनिकस्थलबाट नजिकै सुर्तीजन्य पदार्थको बिक्री वितरण भइरहेको र सम्वन्धीत निकायहरुले चासो नदिएको हेटौंडा–४ का स्याम सापकोटा बताउनुहुन्छ । बिशेषत यहाँको विद्यालयको एक सय मिटरभित्र चुरोट, बिँडी, खैनी, गुट्खा र जंक फुडको निर्वाध बिक्री वितरण भइरहेको बिद्यालयका शिक्षकहरु बताउँछन् ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन, २०६८ ले सार्वजनिकस्थलको सय मिटरभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्न नपाइने कानुनी व्यवस्था गरेको छ । यो कानुनी व्यवस्थाको उल्लङ्घन गर्नेलाई रु १० हजारसम्म जरिवाना गर्न सकिने दण्डात्मक व्यवस्थासमेत ऐनले गरेको छ । नगरभित्रका सार्वजनिकस्थल वरिपरि कानुनले निषेधित गरेको स्थानमा सुर्तीजन्य पदार्थको छ्याप्छ्याप्ती बिक्री वितरण भएको फेला परेपछि त्यसलाई रोक्न माग गर्ने गरिएको छ ।

विद्यालय, क्याम्पस, अस्पताल, स्वास्थ्योपचार केन्द्र, धार्मिक तथा पर्यटकीयस्थल, नगरपालिकाको प्रमुख प्रशासनिक कार्यालय, वडा कार्यालयलगायतका सार्वजनिकस्थलबाट सुर्तीजन्य पदार्थको बिक्री रोकिनुपर्ने भनिय पनि यस्तो हुन सकेको छैन ।

पालिका प्रेस
थप जानकारी