‘विशेष कारणवश’ भन्दै रोकिएको सहसचिव र उपसचिवको विज्ञापन खुलेको छ । सरकारले माग पठाई सकेको अवस्थामा बुधवार स्पष्ट कारण नै उल्लेख नगरी आयोगले विज्ञापन रोकेको थियो । जसको चौतर्फी आलोचना र विरोध भएसँगै आयोगले आफ्नो निर्णय सच्याएको छ ।

आयोगले समावेशीको छोडेर ५५ प्रतिशत खुल्लामा मात्रै विज्ञापन गरेको हो । सर्वोच्च अदालतको रिट ०७८–डब्लुओ–०६६० को उत्प्रेषणसमेतको निवेदनमा २०७९/१०/२४ मा भएको आदेश बमोजिम खुल्ला समावेशीतर्फको रिक्त पदमा प्रतिशत निर्धारण गरी कायम हुन आएका पदहरू छुट्याई सुरक्षित राखिएको आयोगले जनाएको छ ।

हेर्नुहोस् विज्ञापन:

पालिका प्रेस
थप जानकारी