थाहा नगरपालिका वडा नम्बर ७ डाँडाबासमा अवस्थित मेतोग छ्योईलिङ बौद्ध गुम्बामा वडा दशैंको अवसर पारेर लामा गुरु पेमा साङे लामाबाट ञ्युङ्ने मौन व्रत सञ्चालन हुने भएको छ । ४ मा लामा गुरुहरु र ब्रतालुहरु भेला भइ ५ कार्तिक बिहानैदेखि दशैको टिकाको दिनमा समापन हुने गरी मौन व्रत आयोजना गर्न लागिएको डाँडाबास स्थानीय रत्न बहादुर गोलेले जानकारी दिए ।
प्रमुख गुरु पेमा साङे लामाद्वारा संचालन हुने मौन ब्रत अवधिभर उपासक तथा उपाशिकाले पहिलो दिन स्रोकज्योङ अर्थात दिनको १२ बजे अगावै भोजन गरिसक्नु पर्ने र १२ बजेपछि मात्र पानी मात्र पिउने त्यसपछि डाङ्जे डोम्बा अर्थात खान पिउन बोल्न नपाउने त्यसपछी वाङ आशीर्वाद सहित बिदाइ कार्यक्रम हुने आयोजकले जनाएको छ ।
बिश्वमा शान्ती छाओस भन्ने मुल उद्देश्य सहित कार्यक्रमको आयोजना गर्न लागिएको रत्न बहादुर गोलेले बताए ।



















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्