जिल्ला प्रशासन कार्यालय मकवानपुरले थाहा नगरपालिकाको बजार अनुगमन गरेको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाई नेतृत्वको टोली तीन दिनदेखि मकवानपुरका बजार अनुगमन गरिरहेको छ ।

अनुगमनमा आन्तरिक राजस्व कार्यालय मकवानपुर, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, थाहा नगरपालिका, ईलाका प्रहरी कार्यालय पालुङ, थाहानगर उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्चको प्रतिनिधिहरु सहभागिता रहेको थियो।

अन्य स्थानको तुलनामा थाहा नगरपालिका भित्रका पसलहरुमा अनुगमन गर्दा सन्तोषजनक रहेको घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका प्रमुख अमृत कुमार पोखरेलले जानकारी दिए । थाहाका, सिमभन्ज्याङ, दामन, शिखरकोट, गोपालीगाउँ, थानाबजार तथा ओखरबजारका पसलहरुमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा २१ हजार बराबरको म्याद नलेखियका र म्याद गुज्रीएका सामान जफत गरिएको खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयका अधिकृत सागर दाहालले जानकारी दिए।

पालिका प्रेस
थप जानकारी