महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत हेटौंडा उपमहानगरपालिकाको ३ वटा ठाउँमा प्रशिक्षण तथा सडक नाटक प्रदर्शन गरीएको छ । हेटौंडा उपमहागरपालिकाले नगरको ३, १३ र १६ नम्बर वडामा चेतनामुलक प्रशिक्षण सहित सडक नाटक प्रदर्शन गरेको हो ।

कार्यक्रम अन्तरगत मंगलबार हेटौंडा ३ बसामाडिमा आयोजित लैङ्गिक हिंसा बिरुद्धको प्रशिक्षणमा अधिबक्ता मनप्रसाद भट्टराईले सहजिकरण गरेका थिए । उनले सहभागिलाई हिंसाको चक्रका बारे जानकारी गराएका थिए । हिंसाको चक्रमा किशोर अवस्था, यौवन अवस्था, गर्व अवस्था र बृद्ध अवस्थामा बढि मात्रमा हुने गरेको जानकारी दिए । उनले अहिले अदालतको मुद्धाको आधारमा ४० कटेका पुरुषहरुवाट हिंसाका घटनाहरु हुने गरेको जानकारी गराए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका मशाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले बालमैत्री स्थानिय शासन, हिंसाका क्रममा आवश्यक पर्ने सरकारी संयन्त्र, न्यायीक समितिका मेलमलिप कर्ताको भूमिका र समाजमा हुने घटनाहरुका बारे सहजिकरण गरेकी थिइन् । लैङ्गििक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बालवालिकामा लगानीको एक्यवद्धता भन्ने नाराका साथ हेटौंडा १३ बनस्पती र हेटौंडा १६ हटियामा कार्यक्रम सम्पन्न भैसकेको महिला तथा बालबालिका महाशाखाले जनाएको छ । प्रशिक्षणसँगै सञ्चालित नाटकमा बोक्सिको आरोपमा गरीने हिंसा, श्रीमानले मादक पदार्थ सेवन गरेर गर्ने कुटपिट, ललाई फकाई बाह्य मुलुक लगेर बेचबिखन गर्ने सहितका बिषय समेटिएको थियो ।

कार्यक्रम सञ्चालनको क्रममा नगरस्तरिय महिला जागरण समूह , मानव अघिकार संरक्षण तथा मानव बेचबिखन बिरुद्धको संजाल र राजदेवि महिला उहुुउद्देश्यीय सहकारी सस्थासँग समन्वय गरीएको थियो । तिन बडामा सञ्चालित कार्यक्रममा वडा अध्यक्ष सहित जनप्रथिनिधी र स्थानियको उल्लेखनिय सहभागिता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी