हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा अफ्रिकी मुलुक रुवान्डामा भएको विश्व पानी संगठनको आयोजनामा भएको कार्यक्रममा सहभागी भएर फर्किएकी छिन् । नगरप्रमुख लामा ३० मंसिरमा स्वदेश फर्किएकी नगर प्रमुखको सचिवालयले जनाएको छ ।
फर्किएसंगै प्रमुख लामा नियमित काममा लागेकी छिन् । सरसफाई र पानीको संरक्षण र सुरक्षाको विषयमा अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी भएर फर्किएको नगरप्रमुख लामाले जानकारी दिइन् । २४ मंसिरदेखि ४ दिने कार्यशालामा सहभागी हुन नगरप्रमुख लामालाई खानेपानी तथा सरसफाईको क्षेत्रमा क्रियाशील संस्था इन्फोले सहजीकरण गरेको थियो ।
४ दिने कार्यशालामा सहभागी हुँदा दिसाजन्य फोहरसहित फोहर व्यवस्थापन र पानीको सदुपयोग र संरक्षणको क्षेत्रमा काम गर्नुपर्ने विषयमा उल्लेखनीय जानकारी प्राप्त भएको नगरप्रमुख लामाले बताइन् ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्