पर्यटकीय नगरी थाहाको सिमभन्ज्याङका बुद्धको मूर्ति स्थापना गरिने छ । वडा नम्वर ४ सिमभज्याङमा धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले १८ फिटे बुद्धको मूर्ति राख्न लागिएको हो । मकवानपुरका समाजसेवी सिद्धलाल श्रेष्ठको निजि लगानीमा सिमभन्ज्याङमा १८ फिटे बुद्धको मूर्ति निर्माण गरी राखिन लागेको हो ।

मूर्ति निर्माण गरी राख्ने स्थानमा समाजसेवी श्रेष्ठ र थाहा नगरपालिका उपप्रमुख भरत गोपालीलगायतको उपस्थितिमा १० पुसमा शिलान्यास गरिएको छ । सिमभनज्याङमा कमलको फूल तलबाट ३ फिट, जमिनबाट माथि फाउन्डेसन ६ फिट र बुद्धको मूर्ति ९ फिटमा निर्माण हुने भएको छ । ‘सिमभन्ज्याङबाट अलि भित्र ऋषेश्वर महादेव मन्दिर रहेको छ । यो पुण्यभूमिमा एउटा बुद्धको मुर्ति स्थापना गरेभने मानिसहरुको जमात पनि बढ्ला । म आफू पनि बुद्धको अनुयायी बन्न खोजेको हुँ। थाहानगर पर्यटकीय क्षेत्र भएकोले गर्दा धार्मिक काममा एउटा इट्टा थप्ने उद्देश्यले काम गरेको हुँ ।’ समाजसेवी श्रेष्ठले भने । ‘यो बाटो हिँडेको ४८ वर्ष भयो । हिजोको सिमभन्ज्याङ र आजको सिमभन्ज्याङमा केही फरक पाइन् । मैले शुरु गर्दा अरुले नि केही प्रभावकारी काम गर्नुहुनेछ ।’ उनले भने –‘बुद्ध मूर्ति निर्माण भएपछि पर्यटकहरुको संख्यामा गुणात्मक वृद्धि हुन्छ भन्ने अपेक्षा लिएको छु ।’थाहा नगरपालिका, वन समिति र वडासँग अनुमित लिएर मूर्तिको स्थापना गर्न लागेको उनले बताए ।

बुद्धको मूर्ति स्थापना गर्नको लागि करिव १० लाख रुपैयाँ खर्च लाग्ने उनले जानकारी दिए । हर्ष भ्लोन मूर्तिकारले बुद्धको मूर्ति बनाउने छन् । ‘काम गर्ने मानिस सिमभन्ज्याङमा पुगिसक्नु भएको छ । त्यहाँ निकै चिसो भएकोले गर्दा काममा अलि ढिलाई होला जस्तो छ । तर पनि बैशाख महिनासम्म काम सकिने योजनामा छाँै ।’ उनले भने ।

पालिका प्रेस
थप जानकारी