मकवापुरगढी गाउँपालिकाले वडास्तरबाट नै सामाजिक सुरक्षा भत्ता बापतको रकम वितरण कार्य सुरु गरको छ । पालिकाले बैंकसंगको सहकार्यमा वडामै भुक्तानी शिविर राखेर भत्ता वितरण थालेको हो । गाउँपालिका केन्द्रमा रहेको नबिल बैंकसम्म आउन जान वृद्ध–वृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि वडास्तरबाट सेवा दिने कामको सुरुवात गरेको मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताए ।

‘मकवानपुरगढी गाउँपालिकामा ८ वटा वडा छन् सबै वडाबाट क्रमशः भत्ता वितरण गर्ने व्यवस्था मिलाएका छौं’–पालिका अध्यक्ष स्याङ्तानले भने । पालिकाको बुढिचौरमा वडास्तरीय सामाजिक सुरक्षा भत्ता वितरण शिविर भैसकेको पञ्जिकरण शाखा प्रमुख रघुनाथ हुमागाईले बताए । हेटौडा उपमहानगरपालिकासंग जोडिएको नजिकको पालिका भएता पनि यस गाउँपालिकाका केही वडाहरु विकट र दुर्गममा रहेकाले बिषेश गरी अहिले दोस्रो किस्ता अन्तर्गत वडा नम्बर–८ र वडा नम्बर–१ लाई बिषेश प्राथिमकतामा राखेर बैङं मार्फत वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको गाउँपालिकाले जनाएको छ ।

वडास्तरबाट भत्ता वितरण कार्यक्रममा बैंकका कर्मचारी तथा पालिकाका कर्मचारी इलाका प्रहरी कार्यालय मकवानपुरगढीका सुरक्षाकर्मीहरु वडा सदस्य गोकुल देबकोटा लगायतकाको उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी