मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ को कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । वडाका लाभग्राहीलाई बैंकसम्म पुग्न नपरोस भनेर वडाध्यक्ष हेम कुमार थिङले बैंकको सहयोगमा वडाबाटै भत्ता वितरण गरेका हुन् ।

वडा नम्बर ८ को भत्ता वितरणका लागि प्रभु बैंक दामन शाखाले सम्झौता गरेको थियो । ६ माघमा भत्ता वितरणका लागि प्रभु बैंक दामन शाखा प्रमुख राधाकृष्ण लामिछानेसहित र्कचारीहरु वडा नम्बर ८ को कार्यालय पुगेका थिए । वडाका कर्मचारी तथा जनप्रतिनीधिहरुले भत्ता वितरण कार्यमा सहयोग गरेका थिए । ‘शनिबारै भएपनि बैंकका कर्मचारीहरु र वडा कमएचारी र जनप्रतिधिको सहयोगले भत्ता वितरण गरियो खुशी लागेको छ’–वडाध्यक्ष थिङले भने ।

भत्ता वितरणको सुरक्षाका लागि इलाका प्रहरी कार्यालय पालुङ र नगर प्रहरीले सघाएका थिए । बैंकसम्म भत्ता लिन जाँदा निकै कठिनाई हुने सम्झँदै ज्येष्ठनागरिकहरुले वडाबाटै भत्ता पाएपछि खुशी व्यत्तः गरेका छन् । उनीहरुले बैंक, वडा कार्यालयका कर्मचारीहरु सबैलाई धन्यवाद पनि दिए ।

 

पालिका प्रेस
थप जानकारी