थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको जनकल्याण माध्यमिक विद्यालयले ५६ औं बार्षिकोत्सवमा आयोजित थाहा नगरस्तरीय प्राथमिक तह अन्तर विद्यालय सामुहिक नृत्य प्रतियोगितामा आयोजक जनकल्याण प्रथम भएको छ । प्रतियोगितामा किल्फटन एकेडेमी चित्लाङ दोस्रो र सरस्वती आधारभुत विद्यालय तेस्रो हुन सफल भएका छ ।
नगर भित्रका २४ वटा प्राथमिक तहका विद्यार्थीहरुले सहभागिता जनाएको प्रतियोगितामा पालुङ अंग्र्रेजी आवासीय विद्यालयले सान्त्वना जित हात पारेको छ। प्रतियोगितामा उत्कृष्ट हुने विद्यालयले ९ हजार ९ सय ९९ रुपैयाँ तथा प्रमाणपत्र दोस्रो हुनेले सात हजार सातसय सात रुपैयाँ र प्रमाणपत्र तथा तेस्रो हुनेले ५ हजार ५ सय ५५ रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरियो।
प्रतियोगिताको निर्णायकहरुमा नव क्षितिज कला केन्द्रका श्रीकृष्ण श्रेष्ठ र कृति लो रहेका थिए ।

वार्षिकोत्सव समारोहमा प्रमुख अतिथी थाहा नगर प्रमुख विष्णु बहादुर विष्टले थाहा नगरपालिका भित्र रहेका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्नको निम्ति सामुहिक सुझावको आश गरेको बताए । प्रमुख विष्टले नीति बनाएरै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै जनकल्याण माबीको आफ्नो ५६ औं वार्षिकोत्सवको शुभकामना दिए । कार्यक्रम उद्घाटनपूर्व, विद्यार्थीहरुले प्रभात फेरि गरेका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिव स्याङ्तानको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा थाहा नगरपालिकाका शिक्षा शाखा प्रमुख माधव विक्रम मल्ल, वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, प्याब्सन थाहाका अध्यक्ष सुरेन्द्रमान प्रधान,पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र, पालुङ रेडक्रस सोसाइटीका सभापति केदार प्रसाद विडारी, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्टलगायत विद्यालय व्यवस्थापन समिती सदस्यहरु,शिक्षक अभिभावक संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
वि.सं. २०२५ मा स्थापना भएको विद्यालयमा हाल साधारण तर्फ बालबिकास केन्द्रदेखि कक्षा १२ सम्म अध्यापन भइरहेको छ । कक्षा ११ र १२ मा साधारण तर्फ मानवीकी, ब्यवस्थापन, शिक्षा शास्त्र र बिज्ञान संकायको अध्ययन भइरहेको छ । प्राविधिक तर्फ कक्षा ९ देखि १२ सम्म बाली बिज्ञान र सिटिभिटि अन्तरगतको ३ वर्षे डिप्लोमा इन प्लान्ट साईन्स अध्यापन भइरहेको छ ।


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्