मकवानपुर थाहा नगरपालिकामा रहेको मालपोत कार्यालय शिखरकोटले छुट जग्गा दर्ता खुलाएको छ । कार्यालयले २३ माघमा सूचना प्रकाशन गर्दे छुट जग्गा दर्ता खुलेको जानकारी गराएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले छुट जग्गा दर्ता सम्बन्धमा मालपोत नियमावली, २०३६ को नियम ४ (क) को उपनियम (१) प्रयोजनका लागि जग्गा नाप जाँच ऐन २०१९ बमोजिम सूचना आव्हान गरिएको जनाइएको छ । नाप जाँच भएको जग्गा दर्तासम्म छुट भएका र जग्गा दर्ता गर्न चाहनेका लागि मालपोत कार्यालयमा निवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

यसरी जग्गा दर्ता गर्ने अवधि २ वर्षसम्म हुनेछ । मालपोत कार्यालयले तोकेको कागजात, प्रमाण र निस्सासहित निवेदन दिनूपर्ने सूचनामा भनिएको छ ।

जग्गा दर्ताका लागि नापी कार्यालयबाट प्रमाणित भएको फिल्डबुक तथा नक्सा, जग्गाको साविक दर्ता प्रमाण, जग्गाको तिरो तिरेको निस्सा वा प्रमाण, रैकर तर्फको लगतको प्रतिलिपी, नागरिकताको प्रतिलिपी संलग्न गरी पेश गर्नुपर्ने छ । त्यस्तै भूमिसुधार सम्बन्धी ७ नम्बरको फाँटवारी, १ नम्बर लगत, २ नम्बर अनुसूची र जोताहाको अस्थायी निस्सा, जग्गाको हकभोग सिफारिस, नामसारी दर्ता भएमा नामसारीको किटानी सिफारिस, नाता प्रमाणितपत्र र मृत्यस्दर्ता प्रमाणपत्र तथा अन्य प्रमाणहरु चाहिने मालपोत कार्यालय शिखरकोटको सूचनामा उल्लेख छ ।

सूचनाः

पालिका प्रेस
थप जानकारी