राष्ट्रिय भूमि आयोगल भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन खुलाएको छ । आयोगको सूचनामा आधारमा थाहा नगरपालिकाले नगर क्षेत्रका यस अघि निवेदन दिन छुटेका भूमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भर्न आव्हान गरेको छ ।

आउँदो ५ चैत्रसम्म थाहा नगरपालिका कार्यालयमा छुटेकाहरुको निवेदन संकलन गरी अनलाईन अद्यावधिक गर्ने थाहा नगरपालिका प्रशासन शाखाले जनाएको छ । तोकिएकै मितिभित्र निवेदन पेश गर्न नगरपालिकाले आग्रह गरेको छ । पालिकाको सूचनामा यो अन्तिम पटकका लागि सूचना प्रकाशन गरिएको समेत जनाएको छ ।

निवेदन फारम भर्नका लागि भूमि आयोगको अनुसार परिवारमूली र नागरिकता प्राप्त परिवारका अन्य सबै सदस्यको नेपाली नागरिकताको प्रमाणप्रत्रको प्रतिलिपि अनिवार्य आवश्यक पर्नेछ भने भूमिहीन दलित, भूमिहीन सुकुम्बासी बाहेकका निवेदकका लागि आफू र आफ्नो परिवारका सदस्यहरुको नाममा रहेको सबै जग्गाको पुर्जाको प्रतिलिपी पेश गर्नुपर्नेछ । सूचना अनुसार जग्गा उपभोगको प्रमाण सम्बन्धी कागजातको प्रतिलिपि पनि पेश गर्नुपर्नेछ ।

उपभोगको प्रमाणहरुमा विद्युत/ पानीको महसुल तिरेको रसिद, थाहा नगरपालिका वा वडा कार्यालयमा सम्पत्ती कर÷बहाल विटौली कर तिरेको निस्सा÷रसिद, घरमुली (दम्पत्ती मध्ये कोही) मृत्यू भएको भए मृत्यू दर्ताको प्रतिलिपी, घरमुली (दम्पत्ती ) को छुट्टाछुट्टै पासपोर्ट साइजको फोटो एक/एक प्रति, वडा कार्यालयको सिफारिस, भोगचलन गर्न दिएको प्रमाण भए सोको एक प्रति, उपलब्ध अन्य प्रमाणहरुको प्रतिलिपी फारमका साथ पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

पालिका प्रेस
थप जानकारी