नेपाल हृदयरोग प्रतिष्ठान उपशाखा पालुङको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । प्रतिष्ठानले ५ फागुनमा थाहा नगरपालिकाको महादेव स्थान र ७ फागुनमा घर्तिखोलामा निःशुल्क स्वास्थ्य सिविर सञ्चालन गरेको हो ।

महादेव स्थानमा ३० जना र घर्तिखोलामा ४३ जनाको स्वास्थ्य परिक्षण गरिएको प्रतिष्ठानका सहसचिव राजाराम रायमाझीले जानकारी दिए । शिविरमा डाक्टर गगन कार्कीले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा पालुङ स्वास्थ केन्द्रका साजन गोपाली र चन्द्रदिप भुजेलले परीक्षणमा सहयोग गरेका थिए ।

शिविरमा प्रतिष्ठान पालुङ उपशाखा अध्यक्ष बिमल कुमार ढकाल, ३ नम्बर वडा सदस्य कृष्ण कुमार कार्की, प्रतिष्ठानका सचिव सहदेव ढकाल, कोषाध्यक्ष सरोज विष्ट, सहसचिव राजाराम रायमाझीको उपस्थिति थियो। शिविरको अवसरमा प्रतिष्ठानले आजीवन सदस्यता समेत वितरण गरेको थियो ।

पालिका प्रेस
थप जानकारी