थाहा नगरपालिकाको नगर प्रहरीले नगर क्षेत्रमा दर्ता नगरी संचालन गरिरहेका अटोहरुको चेकजाँच सुरु गरेको छ । नगरपालिकाले अटो दर्ता गर्न पटक पटक सूचना प्रकाशन तथा प्रसारण गर्दा पनि अटेर गरेर संचालन गर्ने अटोहरु माथि चेक जाँच सुरु गरिएको नगर प्रहरी प्रमुख किरण गिरीले जानकारी दिए ।

नगर प्रहरीले ८ फागुनमा २५ वटा अटो नियन्त्रणमा लिइ चेक जाँच गरेको जनाएको छ । नियन्त्रणमा लिएका अटोलाई दर्ता गर्न सचेत गराइएको थियो । चेकजाँचको क्रममा कतिपय अटोको ब्लुबुक समेत नविकरण नगरी चलाइएको पाइएको थियो । ब्लुबुक नविकरण नभएको अटोको दर्ता नहुने जानकारी सहित नविकरणको निम्ति समय दिएर सचेत गराइएको नगर प्रमुख गिरीले जानकारी दिए ।

थाहा नगर क्षेत्रभित्र २ सय ५० अटो संचालनमा रहेको अनुमान गरिएको भएपनि नगरपालिकामा ८१ वटा मात्र अटो दर्ता रहेको अभिलेख छ ।

पालिका प्रेस
थप जानकारी