मकवानपुरको थाहा नगरपालिकाले यहि १३ फागुनबाट दादुरा–रूबेला विरूद्वको खोप लगाउनका लागि तयारी तिब्र बनाएको छ । सरकारले फागुन दोस्रो सातादेखि देशभरि सञ्चालन गर्ने अभियानअन्तर्गत नगरपालिकाभित्र पनि खोप लगाउने गरी तयारी तीव्र बनाइएको थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए ।

दादुरा–रूबेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि फागुन २२ गतेसम्म खोप लगाइने शाखा प्रमुख बलामीले जानकारी दिए । शाखाले नगरस्तरीय खोप समितिका पदाधिकारी, खोपकर्ता र सरोकारवालालाई अभिमुखीकरण गरिसकेको छ ।

थाहा नगरपालिकाको अनुसार दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा ५० वटा खोप केन्द्रबाट खोप लगाउने कार्यतालिका समेत पालिकाले बनाइसकेको छ ।

हेर्नुहोस खोप तालिकाः