साँकेतिक फोटो
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माण तथा मर्मतमा एउटै कम्पनीलाई पटक-पटक विना प्रतिस्पर्धा काम नदिन निर्देशन दिएको छ । स्थानीय तहले वर्षभरि हुने मर्मतको कामका लागि पटक-पटक ठेक्का नगरी एउटै ठेकेदारबाट कोटेसन माग गर्ने र काम दिने गरेका छन् ।अख्तियारले यसबारे स्थानीय तहलाई सचेत गराएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत अख्तियारले परिपत्र गर्दै सबै स्थानीय तहलाई सडक निर्माण तथा मर्मत लगायत कार्य गर्दा खण्डीकरण गरी एउटै आर्थिक वर्षमामा पटक-पटक एउटै व्यक्ति/फर्म/कम्पनीलाई बिनाप्रतिष्पर्धा निर्माण कार्यको जिम्मेवारी नदिन भनेको हो ।

अख्तियारले यस्तो कामको भुक्तानी दिँदा सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ लगायत प्रचलित कानूनको प्रतिकूल रही बदनियतपुर्ण कार्य समेत हुन सक्ने बताएको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ समेतका प्रचलित कानूनको परिपालना गर्ने गराउने गरी आवश्यक कदम उठाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको हो ।

 

 

पालिका प्रेस
थप जानकारी