संघीय सरकारले गरेको स्थानीय तहको मूल्याङकनमा मकवानपुरमै हेटौंडा उपमहानगरपालिका पहिलो स्थानमा रहेको छ । संघीय सरकारले वार्षिक रुपमा तीन वटा कार्यविधि बमोजिम स्थानीय तहको मूल्याङ्कन गर्दै आएको छ । प्रारम्भिक र अन्तिम नतिजा गरी संघले आर्थिक वर्ष २०७९/०८० को मूल्याङ्कन सार्वजनिक गरेको छ ।

संघीय सरकार अन्तर्गत राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहहरुको कार्य सम्पादन मुल्याङ्कन (कासमू), संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिजा) र स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) का सूचकहरुमा मूल्याङ्कन गरेको हो । एफआरए र लिजा १०० पूर्णाङ्क र स्थानीय तहको कासमू ७६ पूर्णाङ्कमा सरकारले मूल्याङकन गरेकोे हो । तीनवटै मुल्याङ्कनको औषत प्रतिशतमा हेटौंडा उपमहानगरपालिका ६९.४४३ प्रतिशतसहित अग्र स्थानमा रहेको छ । ६५.३२९ प्रतिशतसहित थाहा नगरपालिका दोस्रो र ६३.४२१ प्रतिशत अंकसहित मनहरी गाउँपालिका तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरी कैलाश गाउँपालिकाले ५८.२६३ प्रतिशत अंक पाएको छ भने मकवानपुरगढीले ५७.९३९, राक्सिराङले ५४.९६५, बकैयाले ५४.४७८, भीमफेदीले ४१.४१२, इन्द्रसरोवरले ४६.७७६ र बागमती गाउँपालिकाले सबैभन्दा कम ४६.३८१ प्रतिशत औषत अंक पाएको छ ।

त्यसो कासमू र लिजामा हेटौंडा प्रथम नै भएको छ भने एफआरएका सूचकहरुमा थाहा नगरपालिका र मनहरी गाउँपालिका समान अंकसहित प्रथम स्थानमा रहेका छन् ।

पालिका प्रेस
थप जानकारी