भीमफेदी गाउँपालिका वडा नंम्बर ९ बागमारामा १७ फागुनमा निःशुल्क आँखा शिविर भएको छ । रोटरी क्लब हेटौंडा, रोट्र्याक्ट क्लब हेटौडा, सामुदायिक आँखा अस्पताल हेटौंडा र भिमफेदी गाउँपालिका वडा नंम्बर ९ को संयुक्त आयोजनामा उक्त निःशुल्क आँखा शिविर गरिएको हो।

शिविरमा २ सय २४ जनाले आँखाको जाँच गराएका थिए। जसमध्ये १९ जनामा मोतियाबिन्दु देखिएको वडा सदस्य उदय प्रसाद हटवालले बताए । वडा अध्यक्ष प्रकाश पुडासैनीका अनुसार मोतियाबिन्दु देखिएकाहरूलाई १८ फागुनमा सामुदायिक आँखा अस्पताल हेटौंडामा निःशुल्क आँखा अपरेशन हुनेछ ।

अध्यक्ष पुडासैनीका अनुसार भोलि बिहान ९ बजेदेखि वडा कार्यालयबाट निःशुल्क बस सेवाको व्यवस्था गरिएको छ। उनले आँखा अपरेशन गर्नुपर्ने सबै जनालाई समयमै वडा कार्यालयमा आउन समेत अनुरोध गरेका छन्।

पालिका प्रेस
थप जानकारी