मकवानपुरको मनहरी गाउ पालिकामा बालश्रम निबारणमा क्षेत्रगत अबधारणा र स्थानिय तह तथा शिक्षकको भुमिका बिषयक प्रशिक्षण गोष्टि भएको छ । गाउँपालिकाको उपाध्यक्ष सिता पुलामी मगर (रेखा)को सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रमेश सुबेदि, दिगो बिकाश लक्ष्य ८ दशमलब ७ का लागि नागरिक समाज संजाल बागमती प्रदेशको अध्यक्ष तथा बाल कल्याण समाज का अध्यक्ष प्रकाश खतिवडा, ग्लोबल मार्च को कार्यक्रम प्रबन्धक एन्जेला सोलानो डोन्सेल, स्वतन्त्रता अभियानको कार्यक्रम प्रबन्धक प्रतिक्षा केशी, पालिकाको शिक्षा शाखा प्रमुख, साकाजिक शाखा प्रमुख, बिभिन्न बिधालयका शिक्षकहरु, पालिकाको बिभिन्न शाखाको प्रमुख हरुको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम बाल कल्याण समाज मकबानपुर, स्वतन्त्रता अभियान र ग्लोबल मार्चको संयुक्त आयोजना तथा मनहरि गाउ पालिकाको सहकार्यमा सम्पन्न भएको थियो । कार्यक्रममा श्रोत ब्यक्तीको रुपमा बाल अधिकारकर्मि आत्माराम थापाले सहजिकरण गर्नु हुदै बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यबिधि २०७७ मा भएको मुख्य ब्यबस्थाहरु, बाल श्रम अन्त्यको लागी यस अघि तयार पारिएको कार्ययोजनाको समिक्षा समेत गरिएको थियो ।

मनहरी गाउ पालिकाको उपाध्यक्ष सिता पुलामी मगरले पालिकाबाट बाल श्रम मुक्त गर्न कार्य गरिरहेको बताउनु हुदै छिमेकि पालिकाबाट बालबालिकाहरु बाल श्रम गर्न मनहरी पालिककामा आएकोले समस्या भएको बताउनु भएको थियो । उहाले तिनै तहको सरकार बिच समन्वय भएमा छिटो बाल श्रम मुक्त, बाल बिबाह मुक्त, सबैका लागी शिक्षा निशुल्क गराउन सकिने भएको ले संधिय र प्रदेश सरकारले नितीगत र कार्यक्रममिक तहमा सहकार्य गर्न पनी आग्रह गर्नु भएको थियो । उहाले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यबिधी २०७७ अनुरुप पालिकाले कार्य गर्ने बताउनु हुदै बिकाशका साझेदार संस्था र नागरिक समाज संजालहरुलाई सहकार्यको लागी आग्रह समेत गर्नु भएको थियो ।

यसै गरि पालिकाको प्रमुख प्रशासकिय अधिकृत रमेश सुबेदिले स्थानिय सरकार र नागरिक समाज बिचको सहकार्य बाट बालश्रम मुक्त गर्ने अभियानमा पालिकाले सफलता हासिल गर्दै गएको बताउनु हुदै बालश्रम अन्त्यको लागी कार्ययोजना बनाउन सहकार्य गर्दै कार्यगत एकता समेत गरेकोले बाल कल्याण समाज, स्वतन्त्रता अभियान लगायतका सस्थाहरु धन्यबादका पात्र रहेका छन् भन्नेबारे बताउनु भएको थियो ।

दिगो बिकाश लक्ष्य ८.७ का लागि नागरिक समाज संजाल बागमती प्रदेशको अध्यक्ष तथा बाल कल्याण समाज का अध्यक्ष प्रकाश खतिवडाले नागरिक समाज संजालले स्थानिय सरकारलाई बालश्रम मुक्त, बालबिबाह मुक्त, बिधालय जाने उमेरका बालबालिकालाई बिधालय भर्ना, सिमान्तकृत एबं बिपन्न बालबालिकालाई समेत निशुल्क तथा अनिबार्य शिक्षाको सुनिश्चितता गर्ने अभियानमा सहकार्य गर्न सकिने बारे बताउनु भएको थियो । उहाले पालिकाको निती बनाउन र नितिमा आबश्यकताको आधारमा परिमार्जन गर्न समेत सहकार्य गर्न सकिने बारे समेत बताउनु भएको थियो ।

ग्लोबल मार्च को कार्यक्रम प्रबन्धक एन्जेला सोलानोले बाल श्रम अन्त्यको लागी स्थानीय सरकारलाई आबश्कताको आधारमा टेक्नीकल सहयोग गर्न सकिने समेत बताउनु हुदै पालिकाले बाल संरक्षणको लागी गरेको कार्यको प्रशंसा समेत गर्नु हुदै पालिका छिटै बालश्रम मुक्त घोषण भएको सुन्ने चाहना भएकोले पालिकाको बाल श्रम मुक्त अभियान सफलताको समेत शुभकामना ब्यक्त गर्नु भएको थियो ।

श्रमिक बालबालिकाको आबाजको सुनुवाई गर्दै उनिहरुको सर्बोत्तम हित हुने अबधारणाको आधारमा पालिकाको शिक्षा शाखा र समाजिक शाखाबाट बालबालिकालाई श्रममा होईन बिधालयमा पठाउने, ड्रप आउट घटाउने र बिधालयमा बाल मैत्री बाताबरण सिर्जजना गर्ने बारे समेत छलफल भएको थियो । कार्यक्रममा मनहरी गाउ पालिकाको जनप्रतिनिधी, बिभिन्न शाखाकोे प्रमुख, शिक्षकहरु गरि ३५ जनाको सहभागिता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी