थाहा नगरपालिकामा एकीकृत पाठ्यक्रम सम्बन्धी पाँचदिने कार्यशाला सुरु गरिएको छ । थाहा नगरपालिकाको शिक्षा तथा युवा खेलकुद शाखाको आयोजनामा सुरु भएको कार्यशालामा परिवर्तन भएको पाठ्यक्रम केन्द्रित रहेको छ ।

आधारभुत तह कक्षा १–३ मा अध्यापनरत शिक्षकहरुको लागि कार्याशालाको आयोजना गरिएको शिक्षा शाखाका प्रमुख माधव बिक्रम मल्लले जानकारी दिए । शिक्षकहरुका लागि पाठ्यक्रम सम्बन्धी जानकारी लिन आवश्यक भएको कार्यशालाको आयोजना गरिएको मल्लको भनाइ छ । मल्लले एकीकृत पाठ्यक्रमका बारेमा सबै प्रष्ट हुनुपर्ने बताउँदै परिवर्तित पाठ्यक्रमका बारेमा यो महत्वपूर्ण कार्याशाला भएको जानकारी दिए ।

कार्यशालाको प्रत्येक दिन बिषयगत प्रशिक्षकहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको थाहा नगरपालिकाका शिक्षा अधिकृत सुर्य थिङले जानकारी दिए । पालुङ बहुमुखी क्याम्पसको सभाहलमा भैरहेको कार्यशालामा थाहानगर भित्रका ६० जना विषयगत शिक्षकहरुको सहभागिता रहेको छ ।

पालिका प्रेस
थप जानकारी