मकवानपुरको थाहा नगरपालिकामा ९ जेठबाट शुरु भएको पाँचौ उपमेयर कप ब्याडमिन्टन प्रतियोगिको सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगितामा संग्राम खत्री र समराज पाखिनको टिमले उद्धव बिडारी र रामचन्द्र लामाको टिमलाई पराजित गर्दै सेमीफाइनलमा प्रवेस गरेका छन भने दोश्रो क्वाटर फाइनल खेलमा आग्रा स्पोर्ट्सका देव कुमार अर्याल र नरेन्द्र मोक्तानको टिमले रामचन्द्र कार्की र बिमल बिष्टलाई पारजित गरेर सेमीफाइनलमा प्रवेश गरेका छन् ।

तेश्रो क्वाटरफाइनल खेलमा नबिन रायमाझी र सुबिन्द्रमान प्रधानको टिमलाई पराजित गर्दैै शिखर क्लबका इशाक केसी र सुबाष थापाको टिमले सेमिफाइनलमा प्रवेस गरेका छन । अन्तिम क्वाटर फाइनल खेल थाहा नगरपालिकाका नबिन चौधरी र कबिन्द्र वडको टिमले शिखर क्लबका सन्तोष कार्की र सुनिल बिष्टको टिमलाई पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेका छन् ।

सेमि फाइनलको पहिले खेल १० जेठ बिहान ७ बजे आग्रा स्पोर्टस र थाहा नगरपालिका बिच हुनेछ भने दोश्रो सेमी फाइनल खेल इशाक केसी, सुभाष थापाको टिम र संग्राम खत्री र समराज पाख्रीनको टिम बीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल १० जेठ विहान ९ बजे हुने भएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताका विजेताले २० हजार नगद शील्ड मेडल तथा प्रमाणपत्र पुरस्कार पाउने भएका छन् । द्वितीय समूहले १५ हजार र सान्त्वना हुनेले ५ हजार पुरस्कार पाउनेछन् । प्रथम पुरस्कार थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको ॐ अध्याय रिट्रीटले दोश्रो पुरस्कार च्वाईस नेपालले र सान्त्वना पुरस्कार पालुङ भ्याली हार्ट एकेडेमीले प्रायोजन गरेको छ । ट्रफी सौजन्य थाहा नगरपालिका वडा नम्बर १० का अर्जुन बस्नेतले गरेका छन् ।

पालिका प्रेस
थप जानकारी