असार मसान्तभित्र बजेट ल्याउन नसक्ने मुलुकभरिका ४९ स्थानीय तहले बजेट पास गराउन सकेका छैनन् । ती पालिकाहरूमा ‘बजेट होलिडे’ भएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा ९१० र ९५० अनुसार स्थानीय तहको सभामा बजेट पेस हुनुपर्ने र सोही दफाको उपदफा ९६० बमोजिम असार मसान्तभित्र सभाबाट पारित गरिसक्नुपर्ने व्यवस्था छ ।
त्यसरी बजेट पारित हुन नसकेका स्थानीय तहले १ साउनबाट एक रुपैयाँ पनि खर्च गर्न मिल्दैन । अर्थात्, बजेट होलिडे हुन्छ । तर, देशभरिका गाउँपालिका र नगरपालिका गरी ४९ स्थानीय सरकारले बजेट ल्याउन सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्