अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्ने संख्याको आधारमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका टपटेनमा परेको छ । अख्तियारले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०८०/०८१ को ३४ औं प्रतिवेदनमा यस्तो पाइएको हो ।

सोही प्रतिवेदनअनुसार सबैभन्दा बढी भ्रष्टाचार र अनियमितताका उजुरी कास्कीको पोखरा महानगरपालिकाविरुद्ध परेको छ । यसपछि सबैभन्दा बढी उजुरी पर्नेमा क्रमशः काठमाडौँ महानगरपालिका, पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका, जनकपुर उपमहानगरपालिका, छिपहरमाई गाउँपालिका, कृष्णनगर नगरपालिका, जलेश्वर नगरपालिका, राजपुर नगरपालिका र १०औँ नम्बरमा हेटौँडा उपमहानगरपालिका रहेका छन् ।

पोखरा महानगरपालिकाविरुद्ध भ्रष्टाचार र अनियमितताका ३५९ उजुरी परेको छ भने काठमाडौँ महानगरपालिकाको २७५ उजुरी छन् । पचरौता नगरपालिकाको २४६, सुवर्ण गाउँपालिकको २१९, जनकपुर उपमहानगरपालिकाको १७६, छिपहरमाई गाउँपालिकाको १३२, कृष्णनगर नगरपालिकाको १३१, जलेश्वर नगरपालिकाको १२५, राजपुर नगरपालिका १२२ र हेटौंडा उपमहानगरपालिकाको १२२ वटा उजुरी परेको छ भने अन्य स्थानीयहरुहरुको कुल १७ हजार १९९ वटा उजुरी परेको प्रतिवेदनमा उल्लेख छ ।

स्वतन्त्रबाट काठमाडौँ महानगरको मेयरमा निर्वाचित बालेन्द्र शाह (बालेन) चर्चामा छन् । उनकै नेतृत्वमा रहेका काठमाडौँ महाननगरविरुद्ध भ्रष्टाचार र अनियमितताका उजुरी धेरै पर्नेमध्ये दोस्रो स्थानीय तहमा परेको हो । सबैभन्दा बढी भ्रष्टाचार भएको पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्य छन् । उनी एकीकृत समाजवादी पार्टीबाट निर्वाचित भएका हुन् ।

राष्ट्रपतिलाई बुझाइएको अख्तियारको ३४औँ वार्षिक प्रतिवेदनअनुसार ७५३ स्थानीय तहतर्फ १९ हजार १०६ वटा भ्रष्टाचार र अनियमितताको उजुरी परेको छ ।

पालिका प्रेस
थप जानकारी