मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ टेकरमा विद्युतीय सवारी साधनलाई लक्षित गरेर चार्जिङ स्टेशन स्थापना गरिएको छ । चार्जिङ स्टेशनको एक समारोकाबीच इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी र नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्र प्रमुख माधव न्यौपानेले १२ मंसिरमा संयुक्त रुपमा उद्घाटन गरे । यो चार्जिङ स्टेशन जिल्लाको उत्तरी क्षेत्रकै पहिलो र एक मात्र ‘फास्ट चार्जिङ स्टेशन’ हो । यहाँ आधा घण्टामै सवारी साधन फुल चार्ज गर्न सकिन्छ ।
इन्द्रसरोवर टेकरमा स्थापना गरिएको चार्जिङ स्टेशनमा हाललाई एक पटकमा २ वटा सवारी चार्ज गर्न सकने व्यवस्था गरिएको छ । नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रबाट ३ सय के.भि.ए. ट्रान्सर्फमर जडान र लाईन निर्माण गरेसंगै चार्ज ल्याब प्रा.लि.ले गाँउले होटल टेकरमा चार्जिङ स्टेशन जडान गरिएको नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिए ।
प्रमुख न्यौपानेले चार्जिङ स्टेशन विद्युत प्राधिकरणको प्राथमिकता रहेको बताउँदै विद्युत खपत गराउने र इन्धनमा बाहिरिएको ठुलो धनराशी स्वदेशमै रहने प्रतिक्रिया दिए । सो अवसरमा इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले पर्यावरण जोगाउन र स्वदेशी विद्युत खपत गर्ने योजना सफल पार्न विद्युतिय गाडीको प्रयोगसंगे चार्जिङ स्टेशनको संख्या बढाउँदै लैजानुपर्ने बताए ।
चार्जिङ स्टेशन स्थापनासंगै हेटौंडा काठमाण्डौं ओहोरदोहोर गर्ने विद्युतीय सवारी साधनका लागि निकै सहज भएको गाउँपालिका अध्यक्ष पुडासैनीले बताए । चार्जिङ स्टेशन शुभारम्भ कार्यक्रममा इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष सुमन श्रेष्ठ, ३ नम्बर वडाध्यक्ष प्रताप भोम्जनलगायतकाको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्